धनुषामा सडकमा पैसा फालेर भागेका २ महिला पक्राउ



काठमाडाैँ, बैशाख ६
धनुषामा सडकमा पैसा फालेर भागेकी २ महिलालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ परेका दुवै जना जनकपुरधाम उपमहानगरपालिका-७ निवासी मुस्लिम महिला आमुना खातुन र अलिना खातुन रहेकी छन् । प्रहरीले सीसीटीभी फुटेजको आधारमा शनिबार जनकपुरधामको जानकी नगरबाट पक्राउ गरेको हो ।

उनी दुवै नातामा भाउजू र नन्द हुन । आज करिव अढाई बजे जानकी नगरस्थित मदरसाको पछाडिबाट उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर सोधपुछ तथा अनुसन्धान भइरहेको धनुषा प्रहरीका नायब उपरीक्षक रामेश्वर कार्कीले बताए ।

जनकपुरधाम उपमहानगरपालिका-५ महावीर चौकको सडकमा उनीहरूले पैसा फालेकी थिइन्।

सीसीटीभी फुटेजमा मुख छोपेकी २ जना महिला देखिएपछि प्रहरीले ती महिलाको खोजी शुक्रबारदेखि शुरु गरेको थियो । शुक्रबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका-५ महावीर चोकको सडकको विभिन्न ठाँउमा स्थानीयले पैसा देखे तर कसैले पनि पैसामा छुने आँट गरेनन । सडकमा १० र १ सयको नोट फालिएको अवस्थामा देखेपछि स्थानीय पैसा देख्नेबित्तीकै प्रहरीलाई खबर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News