६५ वर्षीया कोरोना संक्रमित महिला पनि डिस्चार्ज हुँदै, अन्तिम रिपोर्ट पनि ‘नेगेटिभ’




काठमाडौं, वैशाख ६
बाग्लुङकी ६५ वर्षीया कोरोना संक्रमित महिला पनि डिस्चार्ज हुँदैछिन् । २४ घण्टाभित्र गरिएको दोस्रो परीक्षणको नतिजा पनि नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्ने तयारी गरिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए।

धौलागिरी अञ्चल अस्पताल बागलुङको आइसोलेसन वार्डमा उपचार गरिरहेकी महिलालाई डिस्चार्ज गरेपछि पनि सातदेखि १४ दिन सुरक्षित रुपमा होम क्वारेन्टाइनमा राखिने छ।

शनिबार पोखराको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो।

यो भन्दा पहिला पनि बिहीबार गरिएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको थियो। उनीलाई चैत १९ देखि आइसोलेसनमा भर्ना गरिएको थियो।

उनी चैत ४ गते उनी बेल्जियमबाट कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएकी थिइन् । सोही दिन एउटै विमानबाट आउने नेपाल आउने तीन जनामा कोरोना संक्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News