विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २३ लाख नाघ्यो, ज्यान गुमाउनेको संख्या कति पुग्यो ?




काठमाडौं, वैशाख ७
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या २३ लाख नाघेको छ ।

हालसम्म २३ लाख २५ हजार तीन सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये पाँच लाख ९६ हजारभन्दा धेरै निको भएका छन् भने एक लाख ६० हजारले भने ज्यान गुमाएका छन् । 

२४ घण्टामा विश्वका विभिन्न देशमा ६ हजार तीन सय तीन जनाको ज्यान गएको छ । ७६ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् ।

अमेरिकामा एकैदिन १७ सयभन्दा धेरैको ज्यान गएको छ । यससँगै अमेरिकामा मात्रै ज्यान गुमाउनेको सङ्ख्या झण्डै ३९ हजार पुगेको छ । सात लाख ३७ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै इटलीमा २३ हजार, स्पेनमा २० हजार, फ्रान्समा १९ हजार, बेलायतमा १५ हजारभन्दा धेरैको ज्यान गएको छ ।

यस्तै भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच सय भन्दा धेरै पुगेको छ । १५ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।  

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News