खाना खाँदाखाँदै ढलेका कैदीको मृत्यु
कास्की, वैशाख ७
कास्की कारागारमा रहेका एक कैदीको मृत्यु भएको छ । जबरजस्तीकरणी अपराधमा कास्की कारागारमा कैद सजाय भोगिरहेका पोखरा महानगरपालिका १८ सराङकोटका ४५ वर्षीय सुनिल नेपालीको मृत्यु भएको हो ।
खाना खाँदाखाँदै अचानक बेहोस भएर ढलेका नेपालीको पश्चिम क्षेत्रिय अस्पतालमा चिकित्सकले चेक जाँच गर्दा मृत घोषणा गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरीनायव उपरीक्षक
राजेन्द्र बावु रेग्मीले जानकारी दिए ।
नेपाली २०७४ भदौ १५ गते देखि जबरजतीकरणी अपराधमा कारागार थिए । अदालतले उनलाई ७ बर्ष कैद सजाय तोकेको थियो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।