पुजारीको बन्दुक प्रहरी नियन्त्रणमा



गोरखा, बैशाख ७
मनकामना मन्दिरका पुजारीले बोकेको ‘पोइन्ट टुटु’ नामक बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ । पुजारी इन्सान थापा मगरकाे बन्दुक प्रहरीले नियन्त्रणमा लिएकाे हाे।

शुक्रवार राति शिकार खेल्न बन्दुक बोकेर हिँडेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । साेही खबरकाे अाधारमा शुक्रबार राति नौ बजे साथमा बन्दुक बोकेर हिडेको अवस्थामा प्रहरीले उनलाई भेटेको थियो ।

लाइसेन्स भएपनि लकडाउनको समयमा बन्दुक बोकोर हिँडेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ।

‘लाइसेन्स भएकाले उहाँलाई समातेनौं, तारेखमा छाडेका छौ, बन्दुक हाम्रो नियन्त्रणमा छ,’ एक प्रहरी अधिकृतले भने । व्यक्तिगत प्रयोजनका लागि भन्दै पुजारी थापाले तीन वटा बन्दुक राख्न पाउने इजाजत जिल्ला प्रशासन कार्यालयबाट लिएका छन् । तर उनले उक्त हतियार शिकार खेल्नका लागि प्रयोग गर्दै आएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News