कैलालीका २१ वर्षीय युवकले पनि जिते कोरोना




धनगढीं, वैशाख ७
कैलालीका कोरोना संक्रमित युवकले पनि कोरोना भाइरसलाई परास्त गरेका छन् । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित २१ वर्षीय युवक आज डिस्चार्ज भएका छन् ।

युवक अस्पताल भर्ना भएको १६ औं दिनमा डिस्चार्ज भएका हुन् । भारतबाट आएका युवकलाई चैत २२ गते कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो । उनको दोस्रो र तेस्रो रिपार्ट नेगेटिभ देखिएपछि आज डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता तथा इमर्जेन्सी विभाग प्रमुख डा. जगदिश जोशीले जानकारी दिए । डा. जोशीले युवकलाई घरमा भएपछि पनि सामाजिक दुरी कायम राखेर बस्न सुझाव दिएको बताए ।

उनी नेपालमा देखिएका कोरोना संक्रमितमध्ये सञ्चो भएर घर फर्किने चौथो व्यक्ति हुन् । सेती अस्पतालमा उपचारको क्रममा अब चार जना कोरोना संक्रमित रहेका छन् । पछिल्लो परिक्षणमा चारै जनाको रिपोर्ट पोजिटिभ नै देखिएको छ ।

अस्पतालमा धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ३४ वर्षीय युवक, उनकै ३४ वर्षीय भाउजु, कञ्चनपुरको बेदकोट नगरपालिकाकाका ४१ वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका वडा नम्बर १ कि ६५ वर्षीय महिला उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News