प्रदेश १ मा कोरोना परीक्षणमा तीव्रता



विराटनगर, बैशाख ७

दुई दिनमा १३ जना कोरोना संक्रमित भेटिएपछि प्रदेश १ मा परीक्षण दर पनि बढाइएको छ । उदयपुरको भुल्के मस्जिदमा बसेका १३ जना भारतीयमा संक्रमण देखिएपछि उदयपुर तथा अन्यत्र पनि परीक्षण दर उच्च पारेको प्रदेश सरकारले जनाएको छ ।

प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिलामन्त्री हिक्मत कार्कीका अनुसार आइतबार उदयपुरसहित प्रदेशभरमा करिब चार सय जनाको परीक्षण भएको छ । ‘संक्रमण देखिएको क्षेत्रमा काठमाडौंबाट आएको टोलीले अढाई सय नमुना संकलन गरेको छ’, मन्त्री कार्कीले भन्नुभयो ‘यसबाहेक धरान र विराटनगरमा पनि नमुना संकलन भएको छ । आरुडिटी विधिबाट पनि परीक्षण तीव्र पारिएको छ ।’ आइतबार साँझसम्ममा थप ६९ जनाको पिसिआर रिपोर्ट आउने उहाँले जानकारी दिनुभयो ।

यसअघि ३ सय ८७ जनाको नमुना संकलन हुँदा १३ जनाको रिपोर्ट पोजिटिभ र ३ सय ६१ को नेगेटिभ रिपोर्ट आएको छ । आरडिटी विधिबाट भएको २ हजार २ सय ८१ जनाको जाँचमा ४ जनाको एन्टीबडी पोजिटिभ देखिएको प्रदेश सरकारले जनाएको छ । विराटनगरस्थित कोरोना अस्पतालमा भर्ना भएका १३ जना संक्रमितको अवस्था सामान्य रहेको प्रदेश जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News