पैसा फालेकाे पुष्टि नभएपछि महिलालाई छाडियो



धनुषा, बैशाख ७
जनकपुरमा पैसा छरेको आरोपमा पक्राउ परेका दुई महिलालाई प्रहरीले छाडेको छ । पीसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनीहरूलाइ छाडिएकाे हाे।

पीसीआर परीक्षणमा कोरोना भाइरस नेगेटिभ भएको पुष्टि भएपछि उनीहरुलाई छाडिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए। आइतबार दिउँसो आएको रिपोर्टमा दुवै जनामा कोरोना संक्रमण नेगेटिभ देखिएको हो।

पक्राउ परेकी दुई महिलामध्ये एकको शनिबार आरडीटी पोजिटिभ देखिएपछि जनकपुरमा त्रास बढेको थियो। प्रादेशिक अस्पताल जनकपुरमा पीसीआरबाट गरिएको परीक्षणमा कोरोना नेगेटिभ देखिएको डीएसपी कार्कीले बताए।

प्रहरीले सीसीटीभी फुटेजको आधारमा दुवै महिलाको पहिचान गरी नियन्त्रणमा लिएर स्वस्थ्य परीक्षण गराएको थियो। बैंकबाट पैसा साटेर महावीर चोक पुग्दा प्रहरीलाई देखेर आत्तिएर दौडिन थालेको उनीहरुले प्रहरीलाई बताएका थिए। त्यही क्रममा चानचुन पैसा खसेको उनीहरुले प्रहरीलाई बयान दिएका छन्। शुक्रबार जनकपुरको महावीर चोकमा खुद्रा पैसा छरेको आरोपमा शनिबार उनीहरु पक्राउ परेका थिए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News