चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना




काठमाडौं, वैशाख ८
मौसम पूर्वानुमान महाशाखाले आज देशको पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकि भेगको मौसम सामान्तया सफा रहने जनाएको छ । महाशाखाकाअनुसार हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। अपरान्ह पश्चात् पूर्वी तथा मध्य क्षेत्र लगायत अन्य पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन चट्याङ्ग असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भूभागका केही स्थानहरुमा साथै पूर्वी तराईका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News