घाँटी थिचेर छोरीको हत्या, कारबाहीबाट बच्न बाबुले गरे यस्तो नाटक
काठमाडौं, वैशाख ८
प्रहरीले छोरीको हत्या गरेको आरोपमा पर्सामा प्रहरीले एक जना बाबुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगंज महनगरपालिका वडा नम्बर १ छपकैया टोल बस्ने संजय सरार्फलाई नियन्त्रणमा लिएको हो।
सरार्फले गएको चैत ११ गते दिउँसो आफ्नी सात वर्षीया छोरीको घाँटी थिचेर हत्या गरेको खुलेपछि नियन्त्रणमा लिएको थियो।
चैत ७ गते ७ वर्षीया बालिकाले घरको माथिल्लो कोठामा रहेको भित्ताको किलामा सल कपडाको पासो आत्महत्या गरेको भन्दै बाबुले तत्कालै उपचारको लागि नारायणी अस्पतालमा पुर्याएका थिए। तर, अस्पताल नपुग्दै बालिकाको मृत्यु भइसकेको थियो।
प्रहरीको अनुसन्धानमा आत्महत्या नगरेको नभई बाबुले नै घाँटी थिचेर मारेको खुलेको हो । बाबुले आफू कारबाहीबाट बच्न छोरीले आत्महत्या गरेको भनेर नाटक गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ।