चिर्पटले हानेर श्रीमानको हत्या




दाङ, वैशाख ८
दाङमा एक महिलाले चिर्पट्ले हानेर श्रीमानको हत्या गरेकी छन् । जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं। ५ साकिनेकी निशा अधिकारीको चिर्पट प्रहारबाट उनका श्रीमान गुमानबहादुर अधिकारीको मृत्यु भएको हो।

चिर्पट प्रहारबाट घाइते भएका गुनबहादुरको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपचारपछि उनलाई थप उपचारका लागि नेपालगन्ज लगिएको थियो ।

प्युठान जिल्लाको माण्डवी गाउँपालिका वडा नं। २ रातोपानी निवासी ४० वर्षीय गुमान एक हप्ता अगाडिमात्रै भारतबाट घर फर्किएका थिए। ३५ वर्षीया निशा दाङस्थित माइतीमा बस्दै आएको हुँदा गुमान पनि त्यहीँ गएका थिए।

वैशाख ४ गते दिउँसो गुमान मदिरा सेवन गरी घर आएपछि निशाले पतिमाथि टाउकोमा चिर्पटले प्रहार गरेकी थिइन्। प्रहरीले निशालाई नियन्त्रणमा लिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News