दिनभर वर्षा हुने, केही स्थानमा हावाहुरीसहित चट्याङ पर्ने सम्भावना




काठमाडौं, वैशाख ८
सोमबारदेखि फाट्फुट वर्षा सुरू भएकोमा आज पनि दिनभर वर्षा हुने भएको छ। दिनभर नै देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ। जसले गर्दा देशको अधिकांश स्थानमा सामान्य  बदली रही केहि स्थानहरुमा  मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षा भइरहेको छ।

महाशाखाकाअनुसार प्रिमनसुन चलिरहेकाले बुधबार र बिहीबार पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने छ । 

काठमाडौं उपत्यकामा पनि सोमबार बेलुकी फाटफुट र राति केही स्थानमा वर्षा भएकामा मंगलबार बिहान भने उपत्यकाभर वर्षा भएको छ ।  

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News