कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या एक लाख ७० हजार नाघ्यो




काठमाडौं, वैशाख ९
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार नाघेको छ।

आज बिहानसम्मको तथ्यांकअनुसार कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर १ लाख ७० हजार ३ सय ७० पुगेको छ। गएको २४ घन्टामा मात्रै ५ हजार ३ सय ३९ जनाको मृत्यु भएको वल्र्डओमिटरले जनाएको छ।

विश्वभर संक्रमितको संख्या २४ लाख ८० हजार नाघेको छ। संक्रमितमध्ये अहिलेसम्म ६ लाख ४६ हजार २ सय ४८ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

कोरोनाबाट सबैभन्दा बढी अमेरिकामा मृतकको संख्या ४२ हजार ५ सय १४ पुगेको छ। गएको २४ घन्टामा कोरोना संक्रमणबाट १ हजार ९ सय ३९ जनाको मृत्यु भएको छ भने २८ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन्। संक्रमितको संख्या झण्डै आठ लाख पुगेको छ।

अमेरिकापछि अहिलेसम्म इटालीमा धेरैको मृत्यु भएको छ। त्यहाँ सोमबार ४ सय ५४ जनाको मृत्यु भएको छ। यो सँगै इटालीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २४ हजार नाघेको छ।

त्यसैगरी स्पेनमा अहिलेसम्म २० हजार ८ सय ५२ जना, फ्रान्समा २० हजारभन्दा बढी, युकेमा साढे १६ हजारभन्दा बढीको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News