फुपाजुले बलात्कार गरेर पैसा दिन खाेजेपछि…



कञ्चनपुर, बैशाख ९
बालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुरको भीमदत्त नगरपालिका ११ भुजेलाका ६८ वर्षीय तारादत्त ओझा पक्राउ परेका छन् ।उनलाई शनिबार जिल्ला प्रहरी कार्यालयको टोलीले घरबाटै नियन्त्रणमा लिएको हो ।

ओझाले वैशाख २ गते छिमेकी १५ वर्षीया बालिकालाई घरमा कोही नभएको मौका छोपी बलात्कार गरेको प्रहरीले जनाएको छ । ओझालाई म्याद थपका लागि आइतबार जिल्ला अदालत पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी रवीन्द्र पौडेलले बताए । नाताले ती वृद्ध बालिकाका फुपाजु हुन् ।

पीडित बालिकाका परिवारले घटनाबारे सोही दिन जानकारी पाएका थिए तर स्थानीयका अनुसार वृद्धले जमिन र पैसाको प्रलोभन देखाएर घटना ढाकछोप गर्न खोजेका थिए तर उक्त कुरा गाउँमा फैलिएपछि शनिबार मात्रै प्रहरीकहाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News