सार्क राष्ट्रमा कोरोना संक्रमणको अवस्था कस्तो छ ?




काठमाडौं, वैशाख ९
दक्षिण एसियामा कोरोना भाइरसबाट भारत बढी प्रभावित भएको छ। भारतमा अहिलेसम्म ५ सय ९२ जनाको ज्यान गइसकेको छ ।

१८ हजार ५ सय ५१ जना नयाँ संक्रमित भएका छन् । ३ हजार २७३ जनालाई निको भइसकेको छ । संक्रमितको संख्या पछिल्लो दिन निकै बढिरहेको छ । पछिल्लो तीन दिनमा मात्रै एक हजार बढी संक्रमित थपिएका छन् ।

त्यस्तै, पाकिस्तानमा १ सय ७६ जनाको ज्यान गएको छ । पाकिस्तानमा ८ हजार ८ सय ९२ जना संक्रमित रहेका छन् । 

पहिले भारत भन्दा अगाडि रहे पनि पाकिस्तानमा संक्रमित घटिरहेका छन् । पाकिस्तानमा १ हजार ९ सय ७० जनालाई निको भएको छ । 

बंगलादेशमा २ हजार ९ सय ४८ जना संक्रमित रहेका छन् । मृतकको संख्या १सय नाघेको छ । त्यहाँ निको हुनेको संख्या ८५ छ।

अफगानिस्तानमा १ हजार २६ जना संक्रमित भएका छन् । मृतकको संख्या ३६ छ । निको हुनेको संख्या १ सय ३५ रहेको छ । 

त्यस्तै श्रीलंकामा सात जनाको ज्यान गएको छ । ३ सय ४ जना संक्रमित भएका छन् । ९८ जना निको भएर घर फर्किएका छन् । 

माल्दिभ्स, नेपाल र भुटानमा भने कसैको पनि ज्यान गएको छैन । माल्धिभ्समा ६९ जनालाई संक्रमण भएको छ भने १६ जनालाई निको भइसकेको छ ।

नेपालमा ३१ जनामा संक्रमण भएको छ भने ४ जनालाई निको भइसकेको छ । भुटानमा ५ जना संक्रमित रहेका छन् भने २ जनालाई निको भइसकेको छ ।  

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News