बिजुलीको ट्रान्सफरमरमा चट्याङ पर्दा दुई जनाको मृत्यु, सात घाइते




धादिङ, वैशाख ९
धादिङको थाक्रे गाउँपालिकामा बिजुलीको ट्रान्सफरमरमा चट्याङ परेपछि घरमा गएको हाई भोल्टेजको कारण करेन्ट लाग्दा दुई जनाको ज्यान गएको छ । करेन्ट लागेर सात जना घाइते भएका छन् ।

हावाहुरी र असिनासँगै  सोमबार साँझ गाउँपालिकाको वडा नम्बर ३ बालुवाखर्कमा बिजुलीको ट्रान्सफरमरमा चट्याङ परेपछि लेक मल्डुङ र बेसी मल्डुङ र बालुवाखर्कको सबैको घरमा विद्युतको हाइ भोल्टेज आएको थियो ।

घरमा जता छोए पनि करेन्ट लाग्ने भएपछि मोबाइल चार्जबाट झिक्न र बत्ती निभाउन खोज्दा करेन्ट लागेर घाइते भएका ५० वर्षीय सानुमान तामाङ र २४ वर्षीय सागर अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनीहरूलाई उपचारका लागि काठमाडौं लैजादै गर्दा बाटोमै मृत्यु भएको वडाध्यक्ष अमित घलेले जानाकारी दिनुभयो । गम्भीर घाइते अर्का एक जनाको काठमाण्डौमा रहेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

घटनास्थल जिल्लाको दक्षिणपट्टि महाभारत क्षेत्रमा रहेको छ । यो क्षेत्रमा हरेक वर्ष चट्याङ पर्ने गरेको छ । घाइते भएका अन्य चार महिला र दुई पुरुषको भुुमेस्थानमा रहेको स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News