लकडाउनमा खाँदबारी नगरले गर्यो यस्तो निर्णय



खाँदबारी, बैशाख ९

सङ्खुवासभाको खाँदबारी नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धनको शीर्षकमा विनियोजन गरेको रु २० लाख बजेट कोरोना भाइरस रोकथाममा प्रयोग गर्ने भएको छ ।

नगरपालिकाले सो बजेट प्रकोप व्यवस्थापन कोषमा रकमान्तर गर्ने भएको नगर प्रमुख मुरारीप्रसाद खतिवडाले जानकारी दिनुभयो ।

खाँदबारी नगरपालिकाको सोमबार बसेको नगर कार्यपालिकाको ९३ औँ बैठकले उक्त रकम भाइरसको प्रकोप रोकथामका लागि आवश्यक पर्ने राहत र व्यवस्थापनामा खर्च गर्ने निर्णय गरेको हो । नगरपालिकाले बैंकमार्फत वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता नगद नै वितरण गर्ने भएको छ ।

नगरपालिकाले लकडाउनका कारण नगरपालिकाले यस पटकको सामाजिक सुरक्षा भत्ता सम्बन्धित वडाध्यक्ष र वडा सचिवमार्फत वितरण गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News