नेपाल प्रहरीका १९ एसपी एसएसपीमा बढुवा, को-को भए सिफारिस (सूचीसहित)




काठमाडौं, वैशाख १०
नेपाल प्रहरीका १९ जना प्रहरी उपरीक्षक (एसपी)लाई बढुवा गरिएको छ । प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम ९४० को प्रावधान अनुसार गृह मन्त्रालयले मंगलबार उपरीक्षकहरूको बढुवा सिफारिस गरेको हो । 

बढुवा सूचीमा पहिलो नम्बरमा लागू औषध नियन्त्रण व्यूरोमा कार्यरत प्रहरी उपरीक्षक बीरेन्द्रकुमार बस्याल रहेका छन् । 

यसपछि बढुवा सूचीम क्रमशः प्रहरी उपरीक्षक जनक भट्टराई, बिष्णुकुमार केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदिप गिरी, दुर्गा सिंह, रबिन्द्र केसी, राजेशनाथ बास्तोला, किरण राणा, नवराज भट्ट, लालमणी आचार्य, यज्ञ बिनोद पोखरेल, हृदय थापा, राजकुमार बैदवार, मुकेशकुमार सिंह र चन्द्र कुबेर खापुङ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News