बर्दियामा भेटियो प्रहरी परिचालन भएकै ठाउँमा रुपैयाँको झोला
बर्दिया, वैशाख १०
बर्दियाको मान खोलामा गएराति एक झोला अवैध पैसा फेला परेको छ । दिनभर प्रहरी परिचालन भएको स्थानमा राति अबेर सेतो प्लाष्टिकको झोलामा पैसा फेला परेको प्रहरीले जनाएको छ ।
बर्दियाको मानखोला लकडाउन शुरू भएपछि जिल्ला भित्रिने र बाहिरिने मानिसहरूको चेकजाँच भइरहेको स्थान हो ।
पैसा कसले र किन राखेको हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए ।
फेला परेको पैसा ईलाका प्रहरी कार्यालय बाँसगढीमा ल्याएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।