आजको मौसम: असिनासहित वर्षाको सम्भावना



काठमाडौं, बैशाख १०
देशका अधिकांश भागहरुमा वर्षाको सम्भावना रहेको छ । आज दिउँसो पहाडी भू-भागका धेरै स्थानहरुमा र मध्य र पूर्वी तराईका थोरै स्थानहरुमा अपरान्ह पछि असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार राति पनि असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ । देशमा स्थानीय वायुको प्रभावका साथै पश्चिमी वायुको प्रभाव रहेको छ ।

काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानमा दुई दिनयता बढी वर्षा भइरहेको छ । उपत्यकालगायत पहाडी भेगमा हिजो असिना वर्षा भएको छ । उपत्यकाको तापक्रम केही घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News