कञ्चनपुरका कोरोना संक्रमित पुरुषको रिपोर्ट पनि नेगेटिभ आयो



धनगढी ,बैशाख १० ।

सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमितको तेश्रो रिपोर्ट नेगेटिभ आएको छ। सेती प्रादेशिक अस्पतालका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिका ९ का ४१ बर्षीय पुरुषको मंगलनार गरिएको रिपोर्टमा तेस्रो रिपोर्ट नेगेटिभ आएको थियो ।

उनको यसअघि गरिएको पहिलो र दोस्रो रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो। चौथो परीक्षणमा पनि उनको रिपोर्ट नेगेटिभ देखिए उनी पनि डिस्चार्ज हुनेछन । उनको चौथो रिपोर्ट आज साझसम्म आउने जनाइएको छ ।

यसअघि कैलालीको लम्की चुहा नगरपालिकाका २१ बर्षीय राज बिक र धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय अमृत शाहीलाई अस्पतालले डिस्चार्ज गरिसकेको छ।

हाल सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा कञ्चनपुरका ४१ बर्षीय पुरुषसंगै धनगढी उप–महानगरपालिका वडा नम्वर ५ कि ३४ बर्षीय महिला र लम्की चुहा नगरपालिका वडा नम्वर १ कि ५२ बर्षीय महिलाको उपचार भईरहेको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News