कञ्चनपुरका कोरोना संक्रमित डिस्चार्ज




धनगढी, वैशाख १०
धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरका कोरोना संक्रमित व्यक्ति डिस्चार्ज भएका छन् । तेस्रो र चौथो रिपोर्ट नेगेटिभ आएपछि कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुषलाई डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता डा. जगदिश जोशीले जानकारी दिए ।

योसंगै सेती प्रादेशिक अस्पतालबाट सञ्चो भएर डिस्चार्ज हुने कोरोना संक्रमितको संख्या तीन पुगेको छ । यसअघि कैलालीको लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवक र धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ३४ वर्षीय युवक डिस्चार्ज भइसकेका छन् ।

अस्पतालमा अब धनगढी उपमहागनरपालिका वडा नम्बर ५ कि ३४ वर्षीय महिला र लम्कीचुहा नगरपालिका वडा नम्ब्र १ कि ६५ वर्षीय महिला उपचाररत छन् । उनीहरुको अवस्था पनि सामान्य नै रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News