नेपाल प्रहरीका २४ डीएसपी एसपीमा बढुवा, को–को परे ? (सूचीसहित)




काठमाडौं, वैशाख ११
नेपाल प्रहरीका २४ जना नायब प्रहरी उपरीक्षक (डीएसपी)मा बढुवा भएका छन् ।

गृह मन्त्रालयले प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उप–नियम ४ को प्रावधान अनुसार २४ जना नायब प्रहरी उपरीक्षकलाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढूवा सिफारिस गरेको हो । 

बढुवा सिफारिसको पहिलो नम्बरमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत मुस्ताङका तुलबहादुर कार्की परेका छन् । यस्तै दोस्रो नम्बरमा महानगरीय प्रहरी कार्यालय महिला, बालबालिका तथा जेष्ठ नागरीक सेवा केन्द्र काठमाडौंका होबिन्द्र बोगटी बढुवा सूचीमा दोस्रो नम्बरमा रहेका छन् । 

यसैगरी क्रमशः बेद विष्ट, राकेश सिंह, राजिब बहादुर बस्नेत, प्रविण लाल श्रेष्ठ, सन्तोष सिंह राठौर, शिब कुमार श्रेष्ठ, शान्तिराज कोईराला, संजय सिंह थापा, महेन्द्र खड्का बढुवा सिफारिसमा परेका छन् । 

यस्तै दिपक पोखरेल, प्रभुप्रसाद ढकाल, सन्तोषकुमार भट्टराई,  प्रकाश मल्ल, बामदेब गौतम, केदार खनाल, ज्ञानेन्द्रप्रसाद फुयाल, दिपेन्द्र शाही, रामप्रकाश शाह, प्रेमबहादुर बस्नेत, प्रणिण धिताल, दयानिधि ज्ञवाली तथा राजेन्द्रप्रसाद धमला बढुवा सिफारिसमा परेका छन् ।  

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News