धरौटी बुझाएर छुटे कलैयाका नगर प्रमुख



वीरगञ्ज, बैशाख ११
राहतमा कुहिएको दाल वितरण गरेको अभियोगमा पक्राउ परेका बाराको कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव धरौटीमा छुटेका छन् । जिल्ला प्रशासन कार्यालय बाराले माग गरेको २ लाख ८१ हजार रुपैयाँ धरौटी बुझाएर उनी बुधबार साँझ तारेखमा रिहा भएका हुन् ।

प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितको इजलासले बुधबार बेलुका नगर प्रमुख यादव र धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैनसँग २ लाख ८१ हजार धरौटी मागेको हो । दाल प्रकरणमा नगर प्रमुख समेत मुछिएका कारण जिल्ला प्रशासनमा अबेर रातिसम्म इजलास खोलिएको थियो ।

नगर प्रमुख सहित ११ जना विरुद्ध प्रहरीले कालोबजारी तथा सामाजिक अपराध ऐन २०३२ अन्र्तगत जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गराएको थियो । अन्य प्रतिवादीहरुसँग भने प्रशासनले ६० हजार रुपैयाँ धरौटी माग गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News