प्रेमको नाटक गरेर सामूहिक बलात्कार, चारजना पक्राउ




विराटनगर, वैशाख ११
मोरङको बुढीगंगा गाँउपालिकामा सामूहिक बलात्कार आरोपमा चारजना पक्राउ परेका छन् । करिब ३ महिनाअघि भएको बलात्कार घटनामा संलग्न भएको आरोपमा चारजनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा स्थानीय २० वर्षीय कुमार राई, १९ वर्षीय सन्देश लिम्बू, किशोर राई र लक्ष्मण राई रहेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए।

राईका अनुसार घटनमा संलग्न अर्का एक आरोपी रोशन मगर भने फरार रहेका छन्। उनीहरुले भैरहवा घर भई बुढीगंगास्थित आफन्तको घरमा आएकी १७ वर्षीया एक किशोरीलाई गत वर्ष माघ महिनामा बलात्कार गरेको खुलेको छ।

प्रहरी नायब उपरीक्षक राईका अनुसार घटनामा संलग्न मध्ये लक्ष्मणले ती किशोरीलाई प्रेमको नाटक गर्दै फसाएका थिए ।प्रहरीका अनुसार सो घटनापछि पीडित किशोरीलाई युवाहरुले विभिन्न किसिमबाट मानसिक तनाव दिँदै आएका थिए।

सोही क्रममा बुधबार घटनामा संलग्न किशोर राईले पीडित रहेको घरमा गएर किशोरीसँग झगडा गरेपछि स्थानीयले प्रहरीलाई सूचना दिएका थिए। पक्राउ परेका चारैजनाविरुद्ध प्रहरीले जवरजस्ती करणी मुद्दामा म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News