पार्टी एकीकरण : राजपा भित्र असन्तुष्टि




काठमाडौं, वैशाख ११
समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच भएको एकीकरणलाई लिएर राजपा भित्रै असन्तुष्टि देखिएको छ ।

राजपा नेपाल अध्यक्षमण्डलका सदस्य अनिलकुमार झा र राजकिशोर यादव पार्टी एकताको विपक्षमा उभिएका छन् । यादव र झा एकीकरणका लागि छलफल गर्न बोलाइएको बैठकमासमेत अनुपस्थित भएका थिए ।

उनीहरुले पहिला राजपा नेपालको अधिवेशन हुनुपर्ने अनि मात्र समाजवादी पार्टीसँग एकीकरण हुुनुपर्ने अडान लिँदै आएको राजपाका एक नेताले बताए ।

एकीकरणका लागि भएको छलफलमा राजपा नेपालको तर्फबाट महन्थ ठाकुर, महेन्द्र राय यादव, राजेन्द्र महतो र शरतसिंह भण्डारी मात्र उपस्थित भए । अध्यक्षमण्डलका सदस्यद्वयको भूमिका के हुने सम्बन्धमा कसैले केही बताइरहेको छैन ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News