कोरोना संक्रमण : मृत्यु हुनेको संख्या १ लाख ९० हजार नाघ्यो




काठमाडौं, वैशाख १२
विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ९० नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयकाअनुसार विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ९० हजार हजार ४ सय ९० पुगेको छ। मृत्यु हुनेको संख्या सबैभन्दा बढी अमेरिकामा छ ।

त्यस्तै, इटालीमा २५ हजार ५ सय ४९, स्पेनमा २२ हजार १ सय ५७, बेलायतमा १८ हजार ७ सय ३८ को मृत्यु भइसकेको छ। निको हुनेको संख्या पनि दैनिक बढिरहेको छ। शुक्रबार बिहानसम्म कुल ७ लाख ३७ हजार ८ सय ६४ जना उपचारपछि निको भइसकेका छन्।

निको हुनेको संख्या जर्मनीमा बढी छ। त्यहाँ १ लाख ३ हजार ३ सय उपचारपछि निको भइसकेका छन्। संक्रमितको संख्या २७ लाख नाघेको छ। तथ्यांकअनुसार कुल २७ लाख ३ हजार ६ सय १५ जना संक्रमित भइसकेका छन्।

संक्रमितको संख्या पनि अमेरिकामा सर्वाधिक छ। त्यहाँ ८ लाख ६६ हजार ६ सय ४६ जना संक्रमित भइसकेका छन्। स्पेनमा २ लाख १३ हजार २४, इटालीमा १ लाख ८९ हजार ९ सय ७३, फ्रान्समा १ लाख ५९ हजार ४ सय ६०, जर्मनीमा १ लाख ५३ हजार १ सय २९, बेलायतमा १ लाख ३९ हजार २ सय ४६ र टर्कीमा १ लाख १ हजार ७ सय ९० संक्रमित भएका छन्।

नेपालमा भने कुल ४८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। त्यसमध्ये १० जना निको भइसकेका छन् भने बाँकी उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News