बोर्डिङ स्कुल सञ्चालक भुसाल मृत फेला
कैलाली, वैशाख १२
कैलालीको गौरीगंगा नगरपालिकामा रहेको विहानी क्षितिज बोर्डिङ स्कुलका सञ्चालक कृष्ण भुसाल मृत फेला परेका छन् । नगरपालिका वडा नम्बर ९ बस्ने ४० वर्षीेया भुसाल घोडाघोडी नगरपािलका १० पहलवानपुर पश्चिम जंगलमा मृत फेला परेका हुन् ।
पहलवानपुरबाट राति ८ बजेट साइकलमा मसुरिया गएका गएका भुसालको शव गएराति ११ बजे शव फेला परेको हो । सशस्त्र प्रहरीको पोष्ट नजिकै फेलापरेको हो । स्थानीयले थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
मृतकको आँखा, मुख, छाती र घुडामा चोटपटक लागेको देखिएको छ । शरिरका धेरै ठाउँमा चोट पटक देखिएकाले हत्या भएको परिवारले बताएका छन् । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीकाका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।