लकडाउन खुकुलो पार्ने सरकारको संकेत




काठमाडौं, वैशाख १२
कोरोना महामारीका कारण सरकारले लागू गरेको लकडाउन खुकुलो पार्ने सरकारले तयारी गरेको छ । लकडाउन लम्बिँदा मुलुकको अर्थतन्त्र शिथिल बन्दै गएपछि सरकारले लकडाउन खुकुलो बनाउने संकेत गरेको हो ।

केही मापदण्ड अपनाएरु लकडाउन खुकुलो बनाउने सरकारका प्रवक्तासमेत रहेका अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले संकेत गरेका हुन् । बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री खतिवडाले न्यूनतम आपुर्तिजन्य कुराहरू परिपूर्ति गर्ने कुराहरूमा सहजता अपनाउनुपर्ने भन्दै त्यसतर्फ सरकार अघि बढेको बताए ।

उत्पादन, पर्यटन, निर्माण तथा व्यापार क्षेत्रको उत्थानका लागि अल्पकालीन र मध्यकालीन योजनाको तयारी भइरको उनले बताए । ‘वर्षको नीति तथा कार्यक्रम र बजेटको माध्यमबाट र तत्कालै केही गर्न भए पनि आगामी मन्त्रिपरिषद्को बैठकबाट सम्बोधन गर्छौं,’ उनले भने । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मा बजेट सार्वजनिक गर्नुपर्ने भएकोले बजेट निर्माणको प्रक्रिया कठिन भएको उनको भनाई छ ।

लकडाउनको अवस्था लम्बिदै जाँदा अर्थतन्त्रमा प्रतिकुल प्रभाव बढ्दै गएकोले बजेट निर्माण सँगै यही आर्थिक वर्षमा सरकारले गर्न पर्ने काम हरूमा अर्थमन्त्रालय लागि रहेको अर्थमन्त्री खतिवडाले जानकारी दिए ।

खुला सिमानाका कारणले जोखिममा रहेको र लकडाउन खोल्न पूर्वतयारी नहेरी चेतना सामाजिक दूरीका कुराहरू नहेरी सबै निर्णय लिन सकिने अवस्थासमेत नरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News