लकडाउन लम्ब्याउने सरकारको तयारी




काठमाडौं, वैशाख १३
नेपालमा कोरोना भाइरस संक्रमण विस्तार हुँदै गएपछि सरकारले लकडाउन लम्ब्याउने तयारी गरेको छ । यही वैशाख १५ गतेपछि पनि केही हप्ताका लागि लकडाउन लम्ब्याउने सरकारले तयारी गरेको हो ।

संक्रमण विस्तार हुँदै गएकाले लकडाउन अझै केही हप्ता लम्बिने कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिले जनाएको छ । साथै केही जिल्लामा भने लकडाउनको ढाँचा परिवर्तन गर्नेबारे छलफल अघि बढेको छ ।

संक्रमण नदेखिएका जिल्लामा उच्च सतर्कता अपनाएर केही व्यवसाय तथा विकास निर्माणका काम सुचारु गर्न सकिनेबारे पनि छलफल सुरु भएको छ । प्रधानमन्त्री केपी ओलीले भारतको अवस्था हेरेर मात्र नेपालमा लकडाउनबारे निर्णय हुने बताइसकेका छन् ।

संक्रमण बढ्दै गएको भारतले २१ वैशाखसम्म लकडाउन तोकेको छ । नेपालमा पछिल्लो चार दिनमा १८ जनामा संक्रमण देखिएको छ । नेपालमा अहिलेसम्म ४९ जनामा कोरोना संक्रमित छन् । जसमध्ये ११ जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News