मुस्लिम समुदायको महान पर्व रमजान सरु




काठमाडौं, वैशाख १३
मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व रमदान आजदेखि सुरु भएको छ। एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदायका मानिस दिनभर निराहार बस्छन्। यो अवधिभर कुरान पाठ गर्ने र अल्लाहप्रति कृतज्ञता प्रकट गर्ने प्रचलन छ।

रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी संवत् १४४० हो भने रमजान महिना नवौँ महिना हो। रमजान महिनामा मुसलमानको पवित्र ग्रन्थ कुरान अवतरण भएको विश्वास गरिन्छ। दान दिनु, गरिब र दीनदुःखीको सेवा गर्नु र जकात निकाल्नु यो महिनाको विशेषता हो।

त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा रोजा बस्नुलाई गर्वको विषय मानिन्छ। नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई रोजा बस्न अनिवार्य गरिदैन । यस वर्ष पनि
लकडाउनका कारण रमदान खल्लो भएको छ ।

बिहान ३ः४० बजेबाट बेलुका ६ः४० बजेसम्म निराहार बस्नुलाई रोजा भनिने मुस्लिम समाज नेपालका केन्द्रीय सदस्य सोहेब मोहम्मदले जानकारी दिए। विधिपूर्वक व्रत बस्नाले अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास रहेको उनले बताए।

लकडाउनका कारण घर बाहिर ननिस्कन मुस्लिम ओयोगले सबैमा अनुरोध गरेकोसमेत गरेको छ। आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले घरमै नमाज पढ्न र लकडाउनको पालना गर्न सबै मुस्लिम समुदायलाई आग्ह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News