स्कुल सञ्चालकको हत्या आशंकामा दुई जना पक्राउ




कैलाली, १३ वैशाख
कैलालीको गौरीगंगा नगरपालिका– ९ मसुरियामा मृत भेटिएका बोडिङ स्कुलका सञ्चालक कृष्णप्रसाद भुसालको हत्या आशंकामा दुई जना पक्राउ परेका छन् । एनव्याप्सनका केन्द्रीय उपाध्यक्षसमेत रहेका रहेका भुसाल शुक्रबार मसुरियामा सडकमै मृत फेला परेका थिए ।

मृत भेटिएका भुसालको शरीरमा चोट र घाउ समेत देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले भुसालसँगै मदिरा पिएका एक जना साथी र होटल सञ्चालकलाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताए । प्रहरीले उनीहरुको नाम भने खुलाएको छैन ।

गौरीगंगा नगरपालिका वडा नम्वर– ९ बस्ने ४० वर्षीय भुसाल पुर्व(पश्चिम राजमार्गको पहलमानपुर बजारबाट एक किलोमिटर पश्चिममा मृत फेला परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News