प्रदेश १ पाँच हजार बढीको कोरोना परीक्षण



विराटनगर, १३ बैशाख
प्रदेश नं १ मा पाँच हजार बढीको कोरोना परीक्षण भएको छ । शनिबारसम्म प्रदेश १ मा ५ हजार २ सय १२ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालमा रहेको कोरोना सूचना डेस्कले जनाएको छ ।

द्रूत परीक्षण विधि (आरडीटी) बाट शनिबारसम्म जम्मा ४ हजार २ सय ९८ जनाको परीक्षण भएको छ । त्यस्तै ल्याबमा स्वाब लगेर परीक्षण गरिने विधि पीसीआरबाट ९ सय १४ जनाको कोरोना परीक्षणमा भएको छ । प्रदेश १ मा ३० जनालाई कोरोना संक्रमण भएको छ ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या शनिबारसम्म १ हजार २ सय ४ जना पुगेको छ । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३१ जना छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News