आज एकैसाथ चार जना कोरोना संक्रमित डिस्चार्ज हुँदै




वीरगञ्ज, वैशाख १४
वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत चार जना कोरोना संक्रमितलाई आज डिस्चार्ज गर्ने तयारी गरिएको छ। उनीहरूका अन्तिम दुई रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गर्ने तयारी गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए। 

उनीहरु सबै भारतीय नागरिक हुन् । भरातीय नागरिक भएका कारण पर्साका प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर डिस्चार्ज गर्ने तयारी भएको डा। उपाध्यायले बताए।

कोरोना पोजेटिभ देखिएका चार जनामध्ये तीन जना वीरगञ्जबाटै र एक जना रौतहटबाट उपचारका लागि अस्पताल लगिएको थियो।

चार जना डिस्चार्ज भएपछि अस्पतालमा कोरोनाका एक जना मात्र बिरामी बाँकी रहने छन्। जनकपुरबाट ल्याइएका सर्लाहीका १४ वर्षिय पुरुषलाई दुई दिन अघि मात्र वीरगञ्ज अस्पतालमा ल्याइएको हो। उनको अवस्था सामान्य रहेको छ।

वीरगञ्जका ४ जना सहित नेपालमा करोना संक्रमण देखिएका मध्ये उपचारपछि निको हुनेको संख्या १५ पुगेको छ। नेपालमा हालसम्म ४९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News