विदेशमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या ४९ पुग्यो, कुन देशमा कति ?




काठमाडौं, वैशाख १४
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुने नेपालीको संख्या ४९ पुगेको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बेलायतमा ३३ जनाको मृत्यु भएको छ। त्यसपछि अमेरिकामा १०, युएईमा २, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १ र नेदरल्याण्डमा १ जनाको ज्यान गएको छ।

नेपालबाहेक विश्वभर १ हजार ९ सय ८३ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन्। जसमध्ये चार सय ३४ जना कोरोनामुक्त भएको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिए।

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडा अनुसार २४ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News