हिमानी कोषद्वारा पीपीईसहित स्वास्थ्य सामग्री सहयोग
काठमाडौं, वैशाख १४
हिमानी कोषले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि विभिन्न संघसंस्थालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।
कोषले आइतबार सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेज ९केएमसी० लाई २ सय थान पिपिई, के ९५ मास्क ५ सय थान, सर्जिकल मास्क ५ सय थानलगायत सामग्री हस्तान्तरण गरेको छ।
यसैगरी विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुलाई १ सय थान पिपिई, मास्क तथा स्यानिटाइजर हस्तान्तरण गरेको छ। अन्य संघसंस्थालाई पनि क्रमशस् स्वास्थ्य सामग्री हस्तान्तरण गरिने कोषले जनाएको छ।
कोषले कोरोना रोकथाम र नियन्त्रण अभियानमा सहयोग गर्नका लागि कोषलाई १ करोड रुपैयाँ सहयोग गर्ने कोषका आजीवन सदस्यद्वय प्रभुशम्शेर राणा र राजी राणालाई धन्यवाद ज्ञापन गरेको छ।
कोषलाई सहयोग गर्ने अन्य व्यक्ति तथा कोरोना रोकथाम अभियानमा सक्रिय स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत सम्पूर्णलाई पनि कोषले आभार प्रकट गरेको छ।