पूर्वसचिव उपाध्यायविरुद्ध साइबर क्राइमको मुद्दा दर्ता



काठमाडौं, बैशाख १४
केही दिनअघि प्रकाउ परेका पूर्वसचिव भीम उपाध्यायमाथि साइबर क्राइमको मुद्दा दर्ता भएको छ । प्रहरी सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत, काठमाडौंमा विद्युतीय कारोबार ऐन २०६३ अनुसार मुद्दा दायर गरेको हो ।

उनलाई ५ वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दायर भएको अदालतका श्रेश्तेदार आनन्द श्रेष्ठले जानकारी दिए । उपाध्यायले सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्र हत्या गर्ने गरी गैरकानुनी विषय लेखेको प्रहरीको आरोप छ ।

यही वैशाख १० गते उपाध्याय पक्राउ परेका थिए । भोलिपल्ट अदालतले उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई ३ दिनको म्याद दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News