काठमाडौंमा लकडाउन खुकुलो, विहान किनमेल गर्न पाइने




काठमाडौं, वैशाख १५
काठमाडौंमा लकडाउन खुकुलो पारिएको छ।काठमाडौं महानगरपालिकाले आजदेखि विहान १० बजेसम्म किनमेल गर्न सकिने व्यवस्था गरेको छ ।

लकडाउनको अवधीमा बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाएको महानगरेले जनाएको छ ।

महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकबाट लकडाउनको अवधि थप १० दिन थपिएकाले जनजीवन सामान्यतर्फ लैजान सोमबारदेखि किनमेलमा केहि खुकुलो बनाइएको हो ।

सामाजिक दूरी कायम गर्दै बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय किनमेलको व्यवस्था मिलाउनसमेत शाक्यले सबैमा आग्रह गरेका छन् ।

बैठकले कोरोना नियन्त्रणका लागि वडामा पठाइएको बजेट, वडाबाट भएका काम, राहत वितरणका लागि संकलित विवरण, र्यापिड डाइग्नोष्टिक परीक्षण, राहत वितरण, निःशुल्क भोजन व्यवस्थापनलगायतका बिषयमा केन्द्रीत भएर छलफल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News