भारतमा लकडाउन खुकुलो पार्ने तयारी




नयाँदिल्ली, वैैशाख १५
भारतमा लकडाउन खुकुलो पार्ने तयारी गरिएको छ। तेस्रो चरणको लकडाउन थप्ने तयारी गरिरहेको भएपनि खुकुलो भने बनाउने तयारी गरिरहेको छ । भारतमा दोस्रो चरणको लकडाउन यही मे ३ गते सकिँदैछ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले एक हप्ताअघि नै यसबारे मुख्यमन्त्रीहरुसँग छलफल गर्दैछन् । सोमबार बिहान मोदीले भिडिओ कलमार्फत लकडाउनलाई अब खुकुलो बनाउन मुख्यमन्त्रीहरुलाई भन्ने बुझिएको छ ।

खसगरी कोरोना भाइरसको प्रभाव कम भएका राज्य र सहरमा लकडाउनलाई खुकुलो पार्न उनले सम्बन्धित मुख्यमन्त्रीलाई भन्नेछन् । सोमबार तय गरिएको मुख्यमन्त्रीहरुसँग चौथो ‘भिडिओ सन्फ्रेन्स’ हो । मार्च २२ मा उनले पहिलो पटक मुख्यमन्त्रीहरुसँग लकडाउन गराउनेबारे परामर्श गरेका थिए । त्यसपछि पहिलो पटक मार्च २४ देखि लकडाउन घोषणा गरेका हुन् ।

भरतीय मिडियाका अनुसार मोदीले विशेष रेल सेवा तथा ढुवानी सेवालाई सञ्चालन गर्न अनुमति दिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News