बाबुरामसहितका नेताहरूविरुद्ध साइबर अपराधमा उजुरी लिएन प्रहरीले



काठमाडौं, बैशाख १५
सत्तारुढ नेकपाका विद्यार्थी संगठनका नेताहरुद्वारा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितका केही नेताहरुविरूद्ध साइबर अपराध मुद्दा दर्ता गर्न खोजेकोमा प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ।

विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महर र सहसंयोजक रन्जित तामाङ लगायत युवाहरुको टोलीले साइबर अपराध मुद्दा दर्ता गर्न खाेजेकाे हाे। विद्यार्थी टाेली पूर्वप्रधामन्त्री तथा डा.भट्टराई, पूर्वमन्त्री हिसिला यमी र उनकै पार्टीका विश्वदीप पाण्डे र आङकाजी शेर्पाविरुद्ध साइबर अपराधको उजुरी गर्न सोमबार काठमाडौ प्रहरी परिसर टेकू पुगेका थिए।

तर प्रहरीले यो गालि बेइज्जतिको विषय भएको हुँदा तपाईंहरु अदालत जानुस् भनेर फर्काइएको छ। आइतबार भट्टराई, उनकै पार्टीका उपेन्द्र यादव, राजेन्द्र महतो लगायतका नेताहरुले पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल, नेकपाका सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठले समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण गरेको आरोपमा काठमाडौं प्रहरी परिसरमैं उजुरी दिन पुगेका थिए।

प्रहरीले उनीहरुको उजुरी नलिई फर्काएको थियो। सांसद अपहरण आरोप र त्यसबिरुद्ध प्रहरीले उजुरी नलिएपछि सत्तारुढ नेकपा र नवगठित जनता समाजवादी पार्टीका नेताहरुबीच आपसमा आरोप प्रत्यारोप भइरहेका बेला पूर्वप्रधानमन्त्री भटराई सहितका नेताविरुद्ध साइबर अपराधको उजुरी दिने प्रयास गरिएको हो।

नवगठित जनता समाजवादी पार्टीका नेता भट्टराईले सामाजिक सञ्जालमा आपत्तिजनक कुराहरु लेखेको भन्दै उनी विरुद्ध अनेरास्ववियूका नेताहरुले  उजुरी दिन खोजेका थिए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News