प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश राणाबीच मध्यरातमा भेटघाट




काठमाडौं, वैशाख १६
प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाबीच सोमबार मध्यराति भटघाट भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा ओली र राणाबीच भेटवार्ता भएको हो । मंगलबार सचिवालय बैठक बस्ने तय भइसकेपछिको यो भेटलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

पछिल्लो समय ओलीले दुई अध्यादेश ल्याएपछि गर्माएको राजनीति सो फिर्ता लिँदासम्म पनि सामान्य भएको छैन बरु नेकपाभित्रको आन्तरिक राजनीति नै पेचिलो बनेको छ ।

अध्यादेश ल्याएपछि आफ्नै दल नेकपाभित्र विवाद भैरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भेटघाट र छलफल तीब्र बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News