विश्वभर कोरोना संक्रमितको संख्या ३० लाख ३६ हजार बढी




काठमाडौं, वैशाख १६
विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या क्रमशः बढ्दै छ। मङ्गलबार विहानसम्म संक्रमितको संख्या ३० लाख ३६ हजार ७ सय ७० पुगेको  छ।

संक्रमितको संख्या सबैभन्दा बढी अमेरिकामा छ। त्यहाँ ९ लाख ८७ हजार २२ जना संक्रमित भएको
जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ।

त्यस्तै, स्पेनमा २ लाख २९ हजार ४ सय २२, इटालीमा १ लाख ९९ हजार ४ सय १४, फ्रान्समा १ लाख ६५ हजार ९ सय ६२, जर्मनीमा १ लाख ५८ हजार ४ सय ३४, बेलायतमा १ लाख ५८ हजार ३ सय ४८ जना संक्रमित भएका छन्।

कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अमेरिकामै सर्वाधिक छ। अहिलेसम्म अमेरिकामा ५६ हजारभन्दा बढीले ज्यान गुमाएका छन्।
त्यस्तै, इटालीमा २६ हजार ९ सय ७७, स्पेनमा २३ हजार ५ सय २१, फ्रान्समा २३ हजार २ सय ९३, बेलायतमा २१ हजार ९२ जनाको मृत्यु भइसकेको छ।

यद्यपि कोरोनाबाट निको भएर जानेओ संख्या पनि बढ्दै छ। हालसम्म विश्वभर ८ लाख ९२ हजार २ सय ९१ उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म ५२ जना संक्रमित भइसकेका छन्। जसमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News