हावाहुरी, चट्याङ र असिना-पानीको सम्भावना, यस्तो छ तीन दिनको मौसमी पूर्वानुमान




काठमाडौं, बैशाख १६
आजदेखि तीन दिनसम्म हावाहुरी, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना छ। साथै हावाहुरी, चट्याङ र असिनाको पनि उत्तिकै सम्भावना छ।

महाशाखाले देशका धेरै स्थानहरूमा मेघगर्जनरचट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुरस्थानीय वायु र पूर्वी भूभागनजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव, साथै बंगालको खाडी रअरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल आइरहेको छ।

यस्तो छ तीन दिनको मौसमी विवरण
मङ्गलबार
दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानमा मेघगर्जनरचट्याङरअसिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

रातीः देशभर सामान्य बदली रही मध्य र पूर्वका केही स्थानमा र पश्चिमका थोरै स्थानमा मेघगर्जनरचट्याङरअसिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बुधबार
दिउँसोः देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जनरचट्याङरअसिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

रातीः देशभर सामान्य बदली रही मध्य र पूर्वका केही स्थानमा र पश्चिमका एक(दुई स्थानमा मेघगर्जनरचट्याङरअसिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बिहीबार
दिउँसोः देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जनरचट्याङरअसिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

रातीः देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जनरचट्याङरअसिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ। 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News