लेखराज भट्टको चेतावनी- ‘ओलीको विकल्प खोजिए दुर्घटना’




काठमाडौं, वैशाख १६
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रधानमन्त्री ओलीको विकल्प खोजिए दुर्घटना हुने बताएका छन् ।

अर्का अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डका विश्वासपात्रको रुपमा चिनिएका भट्टले पत्रकार ऋषि धमलासङ्ग कुराकानी गर्दै यस्तो चेतावनी दिएका हुन् । उनले यो समय सरकार परिवर्तन गर्ने बेला नभएको बताए ।

हिजोमात्रै पनि भट्टले प्रधानमन्त्री ओलीसँगै छुट्टै भेटवार्ता गरेका थिए । नेपाली जनताले नेकपालाई ५ वर्षको लागि म्याण्डेट दिएको र त्यहिअनुसार दुई नेताबीच सहमति भएको मन्त्री भट्टको भनाई छ।

‘पछिल्लो चरणमा पाँच वर्ष तपाईले सरकार चलाउने, कार्यकारी अध्यक्षको हैसियतले पार्टीका कामकारबाही र गतिविधिहरु मैले बढाउने भन्नेबारे प्रचण्ड र ओलीबीच सहमति भएको छ,’ उनले भने, ‘त्यो सहमति नेताबाटै हामीले जानकारी पाएको हो । अहिले पूरा विश्व नै संकटमा छ, हामीले प्रधानमन्त्री ओलीको नेतृत्वमा कोरोनामाथि विजयी प्राप्त गर्दैछौं ।’

उनले अर्का अध्यक्ष दाहालले स्थायी कमिटी बैठक बोलाउन माग नै नगरेको भनेर आफूलाई प्रधानमन्त्रीले सुचना दिएकोपनि सुनाए । तर, बैठक बोलाउनको लागि नेताहरुले वक्तव्य बाजी गर्न नहुने उनको जिकिर छ । उनले पार्टी विधान, प्रक्रिया र चेन अफ कमाण्डमा चल्ने पनि बताए ।

मन्त्री भट्टले आफूले सरकारलाई सफल बनाउने र अहिले प्रधानमन्त्री ओलीकै नेतृत्वमा अघि बढ्नुपर्ने कुरा गरेको सत्य कुरा भएको पनि स्पष्ट पारे । पार्टीको स्थायी कमिटीले अहिलेको प्रधानमन्त्रीलाई हटाउन नसक्नेसमेत दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News