बेनीमा चितुवा आतंक, स्थानीय त्रसित




म्याग्दी, वैशाख १६
म्याग्दीको बेनी बजार क्षेत्रमा पछिल्ला केही दिनयता चितुवाले आतंक मच्चाएको छ। बेनी बजार र आसपासका क्षेत्रमा दैनिकजसो चितुवाले कुखुरा, कुकुर, बाख्रा मार्न थालेपछि स्थानीयवासी त्रसित भएका छन्। वस्तीमा आउने चितुवाले मानिसलाई आक्रमण गर्ने डरले स्थानीय त्रसित भएका छन्।

केही दिनअघि बेनीको क्याम्पसचोकस्थित रूचि सिनेमा घरमा दुईवटा बच्चासहित पोथी चितुवा भेटिएको थियो। बजार क्षेत्रमै चितुवा देखिन थालेको छ। ‘लकडाउन’ लम्बिँदै जाँदा वातावरण शान्त भएपछि वन्यजन्तु आहाराको खोजीमा वस्तीमै आउने गरेकाे वन प्राविधिकहरू बताउँछन्।

सवारीसाधन र मानिसको चहलपहल घटेपछि वातावरण शान्त भएको र वन्यजन्तु आहाराको खोजीमा वस्तीमा आएकाे डिभिजन वन कार्यालयका निमित्त प्रमुख सन्तोष खनालले जानकारी दिए।

चितुवाको मुख्य आहारा रतुवा र घोरल हुन्। पहाडी क्षेत्रको जङ्गलमा झाडी बढेपछि घोरल र रतुवा मृग फराकिलो ठाउँ खोज्दै वस्ती नजिकका वनमा चरनका लागि झरेका छन्। घोरल र रतुवा मृग खोज्दै चितुवा पनि वस्ती नजिकको वनमा आएको हो।

वन प्राविधिकका अनुसार साँझको समयमा बत्ती नबलेको, आँगनमा बालबच्चा खेलेको, बाख्राको खोर भएको जङ्गल छेउको घरमा चितुवाले आक्रमण गर्ने गरेको पाइएको छ। जङ्गल छेउमा घर भएकाहरूलाई सतर्कता अपनाउन वन डिभिजन कार्यालयले आग्रहसमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News