भरतपुरको कोरोना अस्पतालमा अख्तियारको छापा, कराेडाैं घाेटालाकाे आशंका



चितवन, बैशाख १६
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा छापा मारेको छ । विभिन्न सामग्रीहरु कर्मचारीहरुले नै चोरी गरेको सीसीटीभी फुटेज बाहिरिएपछि अख्तियार आयोगले भरतपुर कोरोना विशेष अस्पतालमा छापा मारेको हाे।

मंगलबार दिउँसो हेटौंडाबाट आएको अख्तियार टोलीले अस्पतालमा छापा मारेको हो । प्रदेश सरकारले अस्पताल संचालनका लागि एक करोड रुपैयाँ सहयोग गरेको थियो ।

कोरोना अस्पतालमा आर्थिक अनियमितता गरिएको आशंकासमेत गरिएको छ । अहिले उक्त सीसीटीभी फुटेज विभिन्न सञ्चारमाध्यमसहित सामाजिक सञ्जालहरुमा भाइरल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News