सुनसरीको बिभिन्न स्थानमा बेवारिसे पैसा



इटहरी, बैशाख १६
सुनसरीको पनि विभिन्न स्थामा बेवारिसे पैसा फेला परेकाे छ। दुहवी नगरपालिका वडानम्बर ३ मा पिकअप भेनबाट पैसा फ्याँक्दै मानिस हिडे पछि प्रहरीले सर्कता अपनाएकाे छ।
जनकपुर पछि सुनसरीमा पैसाको नोट फाल्ने क्रम बढे सँगै सर्वसाधरण त्रसित भएका छन्।

सुनसरीको दुहवीमा ५ सय र १ सयको नोट प्रहरीले सडकमा फेला पार्यो । स्थानीयले पैसा फालेर पिकअप भ्यान इटहरी तिर हुईकिएको थियो । त्यस पछि केहि बेर सोनापुरको सिआरभी प्रहरीको टाउको दुखाई बनेकाे थियाे।

पैसा कसले र किन फाल्यो भन्ने विषयमा प्रहरी पैसा फाल्ने पिकअप खोज्न प्रहरीको ओकेटोकेमा निर्देशन भयो तर कतै भेटिएन । केहि दिन अघि घरान स्थित वीपी कोईराला विज्ञान प्रतिष्ठानको गाईनो वार्डमा पनि २० रुपैया र १० रुपैयाँको नोट भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News