बाबुराम अन्तवार्ता प्रकरणले लियाे नयाँ माेड, मन्त्रिपरिषद् निर्णयबाट साेधियाे स्पष्टीकरण



काठमाडौं, बैशाख १६
केही दिनअघि रेडियाे नेपाले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग लिइएकाे अन्तवार्ताले नयाँ माेड लिएकाे छ। पूर्वप्रधानमन्त्री भट्टराईको अन्तवार्तालाई लिएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले रेडियो नेपालका कार्यकारी निर्देशकसँग स्पष्टीकरण सोधेको छ ।

जातीय विद्वेष र घृणा उब्जाएको तथा सरकारविरुद्ध सत्ता कब्जा पंगु निरंकुश शासक र भष्मासुर जस्ता लान्छनायुक्त शब्द प्रयोग भएको भन्दै मन्त्रालयले रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीलाई स्पष्टीकरण सोधेको हो । मन्त्रिस्तरीय निर्णयबाट स्पष्टीकरण सोधिएको हो । र, कार्कीलाई के कसो भएको हो तीन दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ ।

रेडियो नेपालमा सोमबार विहान साढे ६ बजे प्रसारित ‘अन्तरसम्वाद’ कार्यक्रममा जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. भट्टराईलाई अतिथि बनाइएको थियो । र, कार्यक्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दै ‘भष्मासुर’ लगायतका शब्द प्रयोग गरेका थिए ।

यससलाई लिएर रेडियो प्रसार विकास समिति (रेडियो नेपाल) ले सोमबार नै विज्ञप्ति जारी गरेर माफी मागेको थियो । भट्टराईले प्रधानमन्त्री ओलीप्रति लक्षित गरी प्रयोग गरेको भाषा र विचारले दुःखी बनाएको भन्दै रेडियो नेपालले आगामी दिनमा अतिथि चयन गर्दा गम्भीर रुपमा सचेत हुने समेत बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News