भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार नाघ्यो




काठमाडौं, वैशाख १७ 
भारतमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या एक हजार नाघेको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ पुगेको विभिन्न तथ्यांक निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ।

पछिल्लो २४ घण्टामा मात्रै ६९ जनाले ज्यान गुमाएका छन् भने एक हजार ९ सय ९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

संक्रमितहरुको संख्या ३१ हजार नाघेको छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बुधबार बिहानसम्म भारतको कोरोना संक्रमित हुनेको संख्या ३१ हजार ३ सय ६० पुगेको छ । यसैबीच भारतमा ७ हजार ७ सय ४७ जनाले कोरोना जितेर घर फर्किइसकेका छन् ।

विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३१ लाख ३६ हजार पुगेको छ । हालसम्म कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ लाख १७ हजार ८ सय १३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News