भारतीयले सीमामा नेपाली सुरक्षाकर्मी कुटेपछि…




कपिलवस्तु, वैशाख १७
सीमा क्षेत्रमा भारतीयले नेपाली सुरक्षाकर्मीलाई कुटेपछि म्यादी प्रहरी खटाइने भएको छ ।

लकडाउनका बेलामा पनि नेपाल भारत सीमामा लुकिछिपी मान्छे ओहोर दोहोर गर्ने क्रम नरोकिएपछि म्यादी प्रहरी खटाउने निर्णय भएको विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाले जानकारी दिए ।

विजयनगर गाउँपालिकाले मंगलबार ५० म्यादी प्रहरी छनोट गरी परिचालन गर्ने निर्णय गरेको हो । नेपाल भारत सीमामा पर्ने उक्त गाउँपालिकाको मङ्गलबार बसेको कार्यपालिकाको बैठकले सीमा सुरक्षा गर्न म्यादी प्रहरीलाई परिचालन गर्ने निर्णय गरेको हो ।

नागरिक भारतबाट लुकिछिपी नेपाल भित्रिन संक्ने सम्भावना देखेर गाउँपालिकाले सीमा क्षेत्रमा यस्तो व्यवस्था गर्न लागेको अध्यक्ष थापाले जानकारी दिए ।

यसअघि सोमबार भारतीय नागरिकले कपिलवस्तुको नेपाल भारत सीमाक्षेत्रमा खटिएका दुई नेपाली सुरक्षाकर्मीमाथि कुटपिट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News